२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले भन्योः सीईओको...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले भन्योः सीईओको राजीनामाबारे फैलिएको हल्ला भ्रामक

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले भन्योः सीईओको राजीनामाबारे फैलिएको हल्ला भ्रामक

सोमवार, बैशाख २८ २०८३०५:१८
सोमवार, बैशाख २८ २०८३०५:१८
  • images

    काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको राजीनामा सम्बन्धी सञ्चारमाध्यममा आएका समाचारहरूको खण्डन गरेको छ । 

    बैंकले सोमबार एक विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रसारित उक्त समाचारहरू भ्रामक, आधारहीन र तथ्यहीन भएको स्पष्ट पारेको हो ।

    बैंकका अनुसार सीईओ पाण्डे हाल आफ्नो जिम्मेवारीमा पूर्ण रूपमा सक्रिय छन् र बैंकको नियमित कार्यसम्पादन तथा व्यवस्थापनमा संलग्न रहँदै आएका छन् । “विभिन्न मिडियामा आएका पाण्डेको राजीनामा सम्बन्धी समाचारमा कुनै सत्यता छैन, उहाँ बैंकको नेतृत्वमै हुनुहुन्छ,” बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    पछिल्लो समय केही सञ्चारमाध्यममा ‘स्मार्ट सेल’ को लिलामी प्रक्रिया र अनुसन्धानको विषयलाई जोडेर सीईओ पाण्डेले राजीनामा दिएको तथा उनको स्थानमा डेपुटी सीईओ महेश शर्मा ढकाललाई ल्याउने तयारी भएको समाचार सार्वजनिक भएका थिए । यस्तै, बैंककी असिस्टेन्ट जनरल म्यानेजर जेनु थापाको राजीनामाका विषयमा पनि प्रश्न उठाइएको थियो ।

    तर, बैंकले यस्ता सूचना सम्प्रेषण गर्दा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र गर्न सञ्चारमाध्यम तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ । बैंकले आफ्ना ग्राहक, सेयरधनी र आम सर्वसाधारणको विश्वासप्रति प्रतिबद्ध रहेको र गुणस्तरीय बैंकिङ सेवालाई निरन्तरता दिने बताएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend