२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • एनआईएमबीका सीईओ पक्राउप्रति बैंकिङ क्षेत्रको आपत्ति,...

एनआईएमबीका सीईओ पक्राउप्रति बैंकिङ क्षेत्रको आपत्ति, ‘सुन अनि थुन’ सिद्धान्त अपनाउन आग्रह

एनआईएमबीका सीईओ पक्राउप्रति बैंकिङ क्षेत्रको आपत्ति, ‘सुन अनि थुन’ सिद्धान्त अपनाउन आग्रह

बिहिवार, बैशाख ३१ २०८३०२:०९
बिहिवार, बैशाख ३१ २०८३०२:०९
  • images

    काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे पक्राउ परेको प्रति बैंकिङ क्षेत्रले ध्यानाकर्षण गरेको छ। 

    नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले ध्यानाकर्षण गरेका हुन्। 

    ‘२०८३-०१-३१ नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोको मिति २०८३-०१-३० को प्रेस विज्ञप्ती अनुसार नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई नियन्त्रणमा लिइएको सन्दर्भमा हाम्रो ध्यानाकर्षण भएको छ’, संयुक्त वक्तव्यमा भनिएको छ। 

    बैंक वित्तीय तथा लघुवित्त संस्थाहरु बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकबाट जारी नीतिरनिर्देशनको अधीनमा रही आम सर्वसाधारणबाट निक्षेप संकलन गरी मुलुकको आर्थिक वृद्धि, रोजगारी सृजना तथा उद्यमशीलता विकासमा टेवा पुग्ने गरी कर्जा प्रवाह गर्दै आइरहेको उनीहरुले उल्लेख गरेका छन्। 

    बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको दफा (५७) ले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा असुली नभएको अवस्थामा असुलीका लागि विशेष अधिकार दिएको उनीहरुको भनाइ छ। 

    ‘यो बैंकको प्राथमिक प्रकृया भित्र रहने र प्रमुख कार्यकारी अधिकृतको मूल दायित्वभित्र पर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘आम सर्वसाधारणको निक्षेप संकलन गरी जन विश्वासमा चल्ने बैंक जस्ता संस्थाको कर्जा असुली गरेको कारणबाट प्रमुख कार्यकारी अधिकृतको प्रक्राउले बैंकको साखमा नै गिरावट आउन सक्ने र बैंकको स्थायित्वमा नै आँच आउन सक्ने हुन्छ।’

    बैंकको साख तथा प्रमुख कार्यकारी अधिकृतजस्तो पदको गरिमालाई समेत मध्यनजर गर्दै ‘सुन अनि थुन’को सिद्धान्तमा रही आवश्यक अनुसन्धान गर्नुपर्ने भए पाण्डेलाई यथाशीघ्र थुनाबाट बाहिरै राखी अनुसन्धान प्रक्रिया अघि बढाउन अपिल गरिएको छ। 

    स्मार्ट टेलिकमको सरकारमा गइसकेको सम्पत्ति धितो सकार्ने नाममा बिक्री गरेको आरोप लगाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पाण्डेलाई सिन्धुलीबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend