२०८३, आश्विन १९ गते

images

सडक निर्माणको माग गर्दै जनप्रतिनिधि आन्दोलित

सडक निर्माणको माग गर्दै जनप्रतिनिधि आन्दोलित

सीएनएन खबर
सोमवार, आश्विन १४ २०८१०४:३८
सीएनएन खबर
सोमवार, आश्विन १४ २०८१०४:३८
  • images

    काठमाडौँ । सडक निर्माणको माग गर्दै जनप्रतिनिधिहरु आन्दोलित बनेका छन् । बाँकेको हुलाकी राजमार्ग अन्तर्गत राप्ती नदीस्थित सडकखण्ड निर्माण नहुँदा आवागमनमा समस्या भएपछि निर्माणको माग गर्दै नरैनापुर गाउँपालिकाका जनप्रतिनिधिहरु आन्दोलित बनेका हुन् । 

    जीर्ण बन्दै गरेको सडक निमार्णमा ठेक्का लिएको कम्पनीले समयमै सडक व्यवस्थापनको कार्य समापन गर्न नसक्दा स्थानीय बासिन्दा मर्कामा परेका हुन् ।

    हुलाकी राजमार्ग अन्तर्गत राप्ती नदीस्थित सडकखण्ड निर्माणका लागि विगत लामो समयदेखि  स्थानीयवासी र जनप्रतिनिधिहरूले माग गर्दै आएपनि  सम्बन्धित पक्षले कुनै चासो नदेखाएको स्थानीय बासिन्दाको आरोप रहेको छ । जीर्ण सडकका कारण दैनिक दुर्घटनाको जोखिम भएको बताउँदै नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले ७ दिन भित्रै सडक निर्माण नगरे हुलाकी सडकमानै अनसन बस्ने घोषणा गरे ।

    सोमबार सडक विभाग बाँकेलाई सार्वजनिक आह्वान गर्दै उनले पटक पटकको अनुरोधलाई बेवास्ता गरेको बताउँदै सडकको दुरावस्थाका कारण दैनिक रुपमा दुर्घटना हुँदै आएकोले ७ दिनभित्रै सडक निर्माण नगरे हुलाकी सडकमानै अनसन बस्ने बताए ।

    हुलाकी राजमार्ग निर्देशनालय नेपालगन्जका प्रमुख लिला भण्डारीले नरैनापुर गाउँपालिकाका अध्यक्षसँग समस्या समाधानका लागि कुराकानी तथा सरसल्लाह भइरहेको बताईन । उनले उक्त सडकलाई ग्राबेल गरी यात्रुलाई ओहोरदोहोर गर्न सहज बनाउनका लागि यथाशीघ्र काम थालिने प्रतिबद्धता व्यक्त गरे ।

    सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख नरेन्द्र भट्टले हुलाकी सडक जीर्ण बने पछि स्थानीयले सास्ती खेप्नु परेको प्रति चिन्ता व्यक्त गर्दै राप्ती नदीको पूर्वी खण्डमा पर्ने निर्माणाधीन पुलको निर्माणका लागि ठेक्का पाएको लुम्बिनी–रौताहा वन्दना भगवती जेभी कन्ट्रक्सन प्रालिको ढिलासुस्तीका कारण सडक निर्माण हुन नसकेको उल्लेख गरे । हुलाकी राज मार्ग निर्देशनालयसँग समन्वय गरी तीन दिनभित्रै सडकको निर्माण हुने उनले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend