काठमाडौं । एनएमबि बैंक लिमिटेड ले नेपाल र भारतबीच छिटो, सुरक्षित तथा सहज रूपमा पैसा पठाउन र प्राप्त गर्न सकिने नयाँ ‘इन्डो–नेपाल यूपीआई रेमिट्यान्स’ सेवा सञ्चालनमा ल्याएको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेड सँगको सहकार्यमा सुरु गरिएको यस सेवामार्फत अब ग्राहकहरूले भारतबाट नेपालमा र नेपालबाट भारतमा सहजै रकम आदानप्रदान गर्न सक्ने बैंकले जनाएको छ।
बैंकका अनुसार नयाँ सेवाले परम्परागत रेमिट्यान्स प्रक्रियामा हुने झन्झट र ढिलाइलाई अन्त्य गर्दै रकम पठाएको केही समयमै प्राप्तकर्ताको खातामा जम्मा हुने सुविधा प्रदान गर्नेछ। यस सेवामार्फत ग्राहकले लामो बैंक खाता नम्बर साटासाट गर्नुपर्ने बाध्यता पनि हट्नेछ।
सेवाको मुख्य विशेषताका रूपमा बैंकले ग्राहकलाई छुट्टै ‘भर्चुअल पेमेन्ट एड्रेस’ ९ख्एब्० उपलब्ध गराउने जनाएको छ। यही भर्चुअल ठेगानाको प्रयोग गरी ग्राहकहरूले सुरक्षित रूपमा रकम पठाउन तथा प्राप्त गर्न सक्नेछन्।
एनएमबि बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एप, बैंकको वेबसाइट वा नजिकको शाखामार्फत सहजै सेवा सक्रिय गर्न सक्ने व्यवस्था गरिएको छ। बैंकका अनुसार भारतमा रहेका आफन्त वा परिवारबाट घरखर्च तथा व्यक्तिगत प्रयोजनका लागि रकम प्राप्त गर्न यस सेवाले थप सहजता ल्याउनेछ।
ग्राहकको कारोबारलाई सुरक्षित बनाउन बैंकले अत्याधुनिक सुरक्षा प्रणालीमार्फत निरन्तर निगरानी तथा सुरक्षा व्यवस्थासमेत लागू गरेको जनाएको छ।
हाल एनएमबि बैंक लिमिटेडले देशभर १९८ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

