२०८३, भाद्र १३ गते

images
  • राजनीति
  • मन्त्रिपरिषद् बैठकका ४ निर्णयः नियुक्तीदेखि प्रतिवेदन...

मन्त्रिपरिषद् बैठकका ४ निर्णयः नियुक्तीदेखि प्रतिवेदन ग्रहणसम्म

मन्त्रिपरिषद् बैठकका ४ निर्णयः नियुक्तीदेखि प्रतिवेदन ग्रहणसम्म

images
मंगलवार, जेठ २६ २०८३१२:२५
मंगलवार, जेठ २६ २०८३१२:२५
  • काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद्को बठकले विभिन्न ४ वटा निर्णय गरेको पाइएको छ । सरकारको प्रवक्ता तथा शिक्षामन्त्री सस्मीत पोखरेलले आजको बैठकले ४ वटा निर्णय गरेको बताए । 

    उनका अनुसार आजको क्याविनेटले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुदन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न बनेको समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि मन्त्री हुँदा विवादमा परेपछि गुरुङले राजीनामा दिएका थिए । त्यसपछि छानबिन गर्न समिति बनाइएको थियो । समितिले प्रतिवेदन तयार गरिसकेको छ ।

    यस्तै, आजको क्याबिनेटले दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद बैठकले भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । भण्डारी नेपाल रेडक्रसका पूर्व कार्यवाहक अध्यक्ष हुन् ।

    यसैगरी तल्लो अरुण जलविद्युत् आयोजना, लोअर न्यादी खोला जलविद्युत् आयोजना, घुन्सा खोला जलविद्युत् आयोजना र तादी खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत भएको छ ।

    मन्त्रिपरिषद बैठकले निजामती सेवा सोह्रौं संशोधन नियमावली २०८३ स्वीकृत समेत गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend