२०८३, आश्विन १९ गते

images

७ बैंकले घटाए मुद्दती निक्षेपको ब्याजदर, १३ बैंकको यथावत्

७ बैंकले घटाए मुद्दती निक्षेपको ब्याजदर, १३ बैंकको यथावत्

आइतवार, जेठ ३१ २०८३१०:३३
आइतवार, जेठ ३१ २०८३१०:३३
  • images

    काठमाडौँ । असार महिनाका लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) को ब्याजदर घटाएका छन्। असार १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकहरूले व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपमा ब्याजदर कटौती गरेका हुन्।

    बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपतर्फ औसत ब्याजदर ०.०७ प्रतिशत बिन्दुले घटेर ४.२७ प्रतिशतमा कायम भएको छ। जेठ महिनामा यस्तो निक्षेपको औसत ब्याजदर ४.३४ प्रतिशत रहेको थियो।

    त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि ०.०२ प्रतिशत बिन्दुले घटेर ३.१८ प्रतिशतमा झरेको छ। अघिल्लो महिना जेठमा यो दर ३.२० प्रतिशत रहेको थियो।

    असार महिनाका लागि २० वाणिज्य बैंकमध्ये ७ बैंकले ब्याजदर घटाएका छन् भने १३ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। ब्याजदर घटाउने बैंकहरूमा कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंक रहेका छन्।

    त्यस्तै कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्याजदर यथावत् राखेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend