काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार आजदेखि उक्त नयाँ नोट बजारमा पठाउन लागिएको हो ।
नयाँ नोटको अगाडि भागमा सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको वाटरमार्क रहेको छ ।
दृष्टिविहीन व्यक्तिहरूले सजिलै नोट पहिचान गर्न सकून् भन्ने उद्देश्यले नोटको बायाँतर्फ दुईवटा काला थोप्लाहरू राखिएका छन् ।
नोटको सुरक्षा विशेषतालाई थप सुदृढ बनाउन सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र कुबेरको चित्र राखिएको छ, जुन सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिन्छ । त्यस्तै, ३।५ मि।मि। चौडा भएको सुरक्षण धागोलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ्गमा परिवर्तन हुने बनाइएको छ ।
नोटको अगाडिको भागमा गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ भने तल्लो खण्डमा सिरिज नम्बर “वि।सं। २०८२” लेखिएको छ । यो नै डा। पौडेलले हस्ताक्षर गरेको पहिलो नोट हो ।
नोटको पृष्ठ भाग ९पछाडि० तर्फ पाटेबाघको चित्र रहेको छ र सोको माथि ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ । नोटको तल्लो खण्डमा अंग्रेजीमा ‘रुपीज फाइभ हन्ड्रेड’ र सिरिज नम्बर ‘२०२५’ उल्लेख गरिएको छ ।

