२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • महालक्ष्मी विकास बैंकद्वारा ५ जेहेन्दार विद्यार्थीलाई...

महालक्ष्मी विकास बैंकद्वारा ५ जेहेन्दार विद्यार्थीलाई ५०–५० हजार रुपैयाँ छात्रवृत्ति

महालक्ष्मी विकास बैंकद्वारा ५ जेहेन्दार विद्यार्थीलाई ५०–५० हजार रुपैयाँ छात्रवृत्ति

शुक्रवार, आषाढ १९ २०८३०५:०९
शुक्रवार, आषाढ १९ २०८३०५:०९
  • images

    काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत पाँच जना जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई ‘महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ प्रदान गरेको छ।

    बैंकका अनुसार विभिन्न समयमा महालक्ष्मी विकास बैंकमा एकीकृत भएका संस्थाहरूका संस्थापक अध्यक्षहरू स्व. लक्ष्मण बाबु श्रेष्ठ, स्व. हरिप्रसाद गिरि, स्व. अशोक श्रेष्ठ, स्व. नवराजबहादुर सिंह र स्व. सीताराम प्रसाईको स्मृतिमा स्थापना गरिएको छात्रवृत्तिअन्तर्गत प्रत्येक विद्यार्थीलाई ५० हजार रुपैयाँका दरले सहयोग प्रदान गरिएको हो।

    यस कार्यक्रमअन्तर्गत श्री नन्दी माध्यमिक विद्यालय, नक्सालमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी विपिन बुढाले स्व. लक्ष्मण बाबु श्रेष्ठ छात्रवृत्ति प्राप्त गरेका छन्। उक्त छात्रवृत्ति स्व. श्रेष्ठका पुत्र राजेश बाबु श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृतले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापकमार्फत हस्तान्तरण गरेका थिए।

    यस्तै, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वीरगञ्जकी छात्रा अनिशा शाहलाई स्व. हरिप्रसाद गिरि छात्रवृत्ति, श्री शारदा माध्यमिक विद्यालय, धनगढीकी छात्रा गुञ्जन सुनारलाई स्व. नवराजबहादुर सिंह छात्रवृत्ति, श्री अमर माध्यमिक विद्यालय, हेटौंडाकी छात्रा सुमिना लामिछानेलाई स्व. अशोक श्रेष्ठ छात्रवृत्ति तथा श्री सीताराम सामुदायिक अंग्रेजी विद्यालय, झापाकी छात्रा मुस्कान खातुनलाई स्व. सीताराम प्रसाई छात्रवृत्ति प्रदान गरिएको बैंकले जनाएको छ।

    बैंकले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

    महालक्ष्मी विकास बैंकले विगत ३२ वर्षदेखि देशभर वित्तीय सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका करिब ८ लाखभन्दा बढी ग्राहक रहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend