२०८३, आश्विन १९ गते

images

बैंकिङ प्रणालीमा अधिक तरलता, थप १५ अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता, थप १५ अर्ब खिच्दै राष्ट्र बैंक

मंगलवार, आषाढ ३० २०८३११:१०
मंगलवार, आषाढ ३० २०८३११:१०
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्नको लागि असार ३० गते ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ जारी गरेको हो ।

    यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। आज मध्याह्न ३ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ।

    यो एकवर्षे अवधिको ऋणपत्र हो। यसको साँवा भुक्तानी २०८४ असार ३० गते हुने भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ। यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend