२०८३, आश्विन १९ गते

images

मौद्रिक नीति निर्माण र समीक्षा अब थप समयबद्ध, राष्ट्र बैंकले जारी गर्‍यो संशोधित कार्यविधि

मौद्रिक नीति निर्माण र समीक्षा अब थप समयबद्ध, राष्ट्र बैंकले जारी गर्‍यो संशोधित कार्यविधि

बिहिवार, आषाढ ३२ २०८३१०:३२
बिहिवार, आषाढ ३२ २०८३१०:३२
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा तथा सार्वजनिक गर्ने प्रक्रियालाई थप व्यवस्थित, प्रविधिमैत्री र समयबद्ध बनाउन ‘मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (दोस्रो संशोधन, २०८३)’ जारी गरेको छ।

    केन्द्रीय बैंकले मूल्य तथा शोधनान्तर स्थिरता कायम राख्दै समग्र वित्तीय प्रणालीको विकासलाई लक्ष्य गरी आर्थिक वर्ष २०५९/६० देखि औपचारिक रूपमा मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ। सोही प्रक्रियालाई समयानुकूल बनाउने उद्देश्यले कार्यविधिमा संशोधन गरिएको राष्ट्र बैंकले जनाएको छ।

    संशोधित कार्यविधिअनुसार मौद्रिक नीति सार्वजनिक गर्नुअघि तीनवटा मुख्य दस्तावेज तयार गरी प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ। यसमा चालु आर्थिक वर्षको मौद्रिक नीतिका व्यवस्थाको समीक्षा तथा प्रगति विवरण, समष्टिगत आर्थिक अवस्था र प्रमुख आर्थिक विषयहरूको विश्लेषणसहितको प्रतिवेदन तथा मौद्रिक नीतिको प्रारम्भिक मस्यौदा (ड्राफ्ट) समावेश हुनेछन्।

    कार्यविधिले मौद्रिक नीति हरेक आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै, मौद्रिक नीतिको त्रैमासिक तथा अर्धवार्षिक समीक्षा सम्बन्धित त्रैमास समाप्त भएको ४५ दिनभित्र सार्वजनिक गर्नुपर्ने प्रावधान पनि कायम गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend