२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • सीएसआरमार्फत देशभर शिक्षा र स्वास्थ्य क्षेत्रमा...

सीएसआरमार्फत देशभर शिक्षा र स्वास्थ्य क्षेत्रमा महालक्ष्मी विकास बैंकको सहयोग

सीएसआरमार्फत देशभर शिक्षा र स्वास्थ्य क्षेत्रमा महालक्ष्मी विकास बैंकको सहयोग

बिहिवार, आषाढ ३२ २०८३०३:५९
बिहिवार, आषाढ ३२ २०८३०३:५९
  • images

    काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, पूर्वाधार विकास तथा सामाजिक सेवालगायत विभिन्न क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

    बैंकले झापा, बागलुङ, मकवानपुर र चितवनका चार सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि सुरक्षित तथा सहज शौचालय निर्माण गर्न विभिन्न रोटरी क्लबमार्फत आर्थिक सहयोग उपलब्ध गराएको छ। यसबाट छात्राहरूको विद्यालयमा स्वास्थ्य र सरसफाइसम्बन्धी सुविधा विस्तार हुने अपेक्षा गरिएको बैंकले जनाएको छ।

    यस्तै, शाखा कार्यालय बेलौरीमार्फत कञ्चनपुरको श्री कृष्ण आधारभूत विद्यालयका आर्थिक रूपमा कमजोर तथा जेहेन्दार ८० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको छ। बैंकका अनुसार विद्यार्थीको अध्ययनलाई सहज बनाउन उक्त सहयोग गरिएको हो।

    त्यसैगरी, सिमरा शाखाले बारास्थित सिमरा कलेजलाई शैक्षिक गतिविधि थप प्रविधिमैत्री बनाउन एक थान ल्यापटप हस्तान्तरण गरेको छ। गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सहयोग गरिएको बैंकको भनाइ छ।

    बझाङ शाखामार्फत शिक्षोदय माध्यमिक विद्यालयको किशोरकिशोरी मैत्री सूचना केन्द्रका लागि थर्मोमिटर, रक्तचाप मापन यन्त्र (बीपी सेट), प्राथमिक उपचार बाकस, स्ट्रेचर तथा अन्य स्वास्थ्य र खेलकुद सामग्री खरिद गर्न आर्थिक सहयोग गरिएको छ।

    वातावरण संरक्षण अभियानअन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित प्रसिद्ध भैरवनाथ मन्दिर परिसरमा फोहोर व्यवस्थापनका लागि १० वटा डस्टबिन प्रदान गरिएको बैंकले जनाएको छ।

    यसैगरी, मकवानपुरको राष्ट्रिय माध्यमिक विद्यालय, भीमफेदीमा आरओ (RO) प्रणालीसहितको स्वच्छ खानेपानी संरचना निर्माणका लागि आर्थिक सहयोग गरिएको छ। साथै, रौतहटको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले सेतो डिजिटल बोर्ड हस्तान्तरण गरिएको छ।

    बैंकले "सबल बैंक, सफल सहकार्य" भन्ने नारालाई आत्मसात गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ। साथै, ग्राहकलाई आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको पनि बैंकले जानकारी दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend