काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेर प्रतितोला चार हजार ४१० रुपैयाँमा किनबेच भइरहेको हो ।

