२०८३, आश्विन १९ गते

images

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

आइतवार, श्रावण १० २०८३१२:२२
आइतवार, श्रावण १० २०८३१२:२२
  • images

    काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेड भारतको प्रतिष्ठित इन्डियन चेम्बर अफ कमर्स, कोलकाता द्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। बैंकले ‘राइजिङ स्टार–ग्रोथ (Rising Star–Growth)’ विधाअन्तर्गत सम्मान प्राप्त गरेको हो।

    बैंकका अनुसार नयाँ दिल्लीमा जुलाई २४, २०२६ मा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्ड्स’ कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा भारत, नेपाल, श्रीलंका, म्यानमार र बंगलादेशका बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो।

    महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार, नवीन वित्तीय उत्पादनको विकास, व्यवसाय विस्तार तथा वित्तीय पहुँच अभिवृद्धिमा गरेको योगदानका आधारमा यो सम्मान प्राप्त गरेको जनाएको छ। बैंकका अनुसार यस अवार्डले अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा आफ्नो पहिचान अझ सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

    बैंकले गत वर्ष पनि ‘एसेट्स क्वालिटी’ विधाअन्तर्गत सम्मान प्राप्त गरेको थियो। यस वर्ष लगातार अर्को अन्तर्राष्ट्रिय अवार्ड प्राप्त हुनु बैंकको संस्थागत क्षमता, सेवा गुणस्तर र व्यवसायिक विस्तारको अन्तर्राष्ट्रिय मान्यताका रूपमा लिइएको छ।

    ‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारालाई आत्मसात् गर्दै गुणस्तरीय वित्तीय सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकले हालै काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend