काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदी दुबैको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार सुन तोलामा ५ हजार ३ सय रुपैयाँले घटेर २ लाख ८३ हजार २ सयमा झरेको छ ।
मंगलबार सुनको मूल्य तोलाको २ लाख ८८ हजार ५ रुपैयाँ थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य आज तोलामा १ सय २५ रुपैयाँ घटेर ४ हजार ३ सय २० रुपैयाँमा झरेको छ। सोमबार चाँदीको मूल्य तोलाको ४ हजार ४ सय ४५ रुपैयाँ थियो।

