काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।
तथ्यांक अनुसार बुधबार सुन तोलामा ५ हजार ३ सय रुपैयाँले घटेको थियो । आज तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ८४ हजार कायम भएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको भाउ आज तोलामा १० रुपैयाँ घटेर ४ हजार ३ सय १० रुपैयाँमा झरेको छ।
हिजो तोलामा १ सय २५ रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ३ सय २० रुपैयाँ कायम भएको थियो।

