२०८३, भाद्र ४ गते

images
  • बैंक बित्त
  • एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

images
बिहिवार, श्रावण १४ २०८३०५:१२
बिहिवार, श्रावण १४ २०८३०५:१२
  • काठमाडौँ । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा सुरु गरेको छ । दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकको यस पहलले नेपालमा चारपाङ्ग्रे विद्युतीय सवारी साधनको पहुँचलाई सुलभ र किफायती बनाउने विश्वास लिएको छ ।

    सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो कर्जा सुविधा, व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि उपलब्ध हुनेछ । इच्छुक ग्राहकहरूले देशभर रहेका एनएमबि बैंकका शाखाहरू वा डिजिटल माध्यमहरू मार्फत सजिलैसँग आवेदन दिन सक्नुहुनेछ । बैंकले ग्राहकहरूको जीवनलाई सहज बनाउन र नेपालमा वातावरणीय दिगोपन प्रवद्र्धन गर्न सधैं नयाँ र प्रभावकारी वित्तीय सुविधाहरू ल्याउँदै आएकोे छ ।

    एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend