२०८३, श्रावण २५ गते

images
  • कर्पोरेट
  • बढ्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ...

बढ्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
शुक्रवार, श्रावण १५ २०८३११:२३
शुक्रवार, श्रावण १५ २०८३११:२३
  • काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।

    अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि बहुमूल्य धातुको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँ बढी हो । बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४४ हजार ३४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन यही परिमाणको सुन २ लाख ४३ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँ कायम भएको छ, जुन बिहीबारको मूल्यभन्दा ५० रुपैयाँले बढी हो । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

    सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलरको अवस्था तथा विश्व आर्थिक गतिविधिको प्रभावअनुसार दैनिक रूपमा परिवर्तन हुने गरेको छ । नेपाली बजारमा महासंघले सोही आधारमा दैनिक नयाँ मूल्य निर्धारण गर्दै आएको छ ।

    प्रतिक्रिया
    भर्खरै
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend