काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको हो । तथ्यांक अनुसार सुनसँगै चाँदीको मूल्यमा पनि ४५ रुपैयाँको गिरावट आएको छ ।
महासंघको तथ्यांक अनुसार आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ निर्धारण गरेको छ । यो मूल्य अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा १ हजार ८०० रुपैयाँले कम हो । शुक्रबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ४ हजार ३१५ रुपैयाँ तोकिएको छ । यो शुक्रबारको तुलनामा चाँदीको मूल्य तोलामा ४५ रुपैयाँको गिरावट हो । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो

