२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • ग्लोबल आइएमई बैंकको नाफामा उल्लेखनीय वृद्धि,...

ग्लोबल आइएमई बैंकको नाफामा उल्लेखनीय वृद्धि, लाभांश क्षमता १२ प्रतिशतभन्दा बढी

ग्लोबल आइएमई बैंकको नाफामा उल्लेखनीय वृद्धि, लाभांश क्षमता १२ प्रतिशतभन्दा बढी

बुधवार, श्रावण २० २०८३०७:४४
बुधवार, श्रावण २० २०८३०७:४४
  • images

    काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा उल्लेखनीय वृद्धि गरेको जनाएको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा २२.६७ प्रतिशतले बढेर ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ५ अर्ब ७ करोड ६३ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

    बैंकको खुद ब्याज आम्दानी भने अघिल्लो वर्षको तुलनामा २.८६ प्रतिशतले घट्दै १६ अर्ब २० करोड ३० लाख ५३ हजार रुपैयाँ मा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा यो आम्दानी १६ अर्ब ६७ करोड ९९ लाख ३९ हजार रुपैयाँ रहेको थियो।

    यद्यपि, बैंकको अन्य प्रमुख वित्तीय सूचकमा सकारात्मक सुधार देखिएको छ। समीक्षा अवधिमा खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब ६४ करोड ५ लाख ५४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २१ अर्ब ८० करोड ३९ लाख ७५ हजार रुपैयाँ तथा सञ्चालन नाफा ८ अर्ब ६८ करोड २१ लाख १३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन नाफा ७ अर्ब २३ करोड ३१ लाख ७३ हजार रुपैयाँ थियो।

    बैंकले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड १० लाख ६४ हजार रुपैयाँ कायम भएको छ। यसका आधारमा बैंकको लाभांश वितरण क्षमता १२.०२ प्रतिशत रहेको अनुमान गरिएको छ।

    हाल बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २७ अर्ब १० करोड ९३ लाख ४७ हजार रुपैयाँ सञ्चित छ।

    व्यवसाय विस्तारतर्फ पनि बैंकले उल्लेखनीय प्रगति गरेको छ। समीक्षा अवधिमा निक्षेप संकलन २१.५२ प्रतिशतले बढेर ६ खर्ब ६९ अर्ब १७ करोड १४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै कर्जा लगानी ७.१२ प्रतिशतले वृद्धि हुँदै ४ खर्ब ३९ अर्ब ३४ करोड ५१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ खर्ब ५० अर्ब ६२ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १० अर्ब ११ करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। बैंकको निक्षेप–कर्जा अनुपात (CD Ratio) ६८.४३ प्रतिशत रहेको छ।

    नाफामा सुधारसँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि बढेको छ। अघिल्लो वर्ष १३ रुपैयाँ ३२ पैसा रहेको ईपीएस समीक्षा अवधिमा १६ रुपैयाँ ३४ पैसा पुगेको छ। बैंकको मूल्य–आम्दानी अनुपात (P/E Ratio) १४.६९ गुणा तथा प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ १४ पैसा रहेको छ।

    यद्यपि, बैंकको खराब कर्जा (Gross NPL) मा सामान्य वृद्धि देखिएको छ। अघिल्लो आर्थिक वर्षको ४.८६ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा बढेर ४.९६ प्रतिशत पुगेको वित्तीय विवरणमा उल्लेख छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend