२०८३, भाद्र ४ गते

images

गरिमा विकास बैंकको नाफा २८ प्रतिशतले बढ्यो, लाभांश क्षमता २०.२४ प्रतिशत

गरिमा विकास बैंकको नाफा २८ प्रतिशतले बढ्यो, लाभांश क्षमता २०.२४ प्रतिशत

images
बिहिवार, श्रावण २१ २०८३१०:४४
बिहिवार, श्रावण २१ २०८३१०:४४
  • काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले खुद नाफामा उल्लेखनीय वृद्धि गर्दै लाभांश वितरण क्षमतासमेत सुदृढ बनाएको छ।

    गत आर्थिक वर्षमा बैंकले १ अर्ब ६८ करोड ८६ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको १ अर्ब २४ करोड ७६ लाख ९२ हजार रुपैयाँको तुलनामा २८.३७ प्रतिशत बढी हो।

    बैंकको खुद ब्याज आम्दानी पनि ५.६४ प्रतिशत वृद्धि भई ३ अर्ब ८१ करोड ५६ लाख ३५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सो रकम ३ अर्ब ६१ करोड २० लाख ६७ हजार रुपैयाँ रहेको थियो।

    समीक्षा अवधिमा बैंकले ६१ करोड ९२ लाख ७३ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ। कुल सञ्चालन आम्दानी ४ अर्ब ५६ करोड ७४ लाख २२ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २ अर्ब ५८ करोड १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यी सूचक क्रमशः ५१ करोड ८ लाख ९४ हजार रुपैयाँ, ४ अर्ब २५ करोड ८० लाख ६६ हजार रुपैयाँ र १ अर्ब ८० करोड ८६ लाख ८९ हजार रुपैयाँ रहेका थिए।

    बैंकको वितरणयोग्य नाफा गत असारसम्म १ अर्ब २१ करोड ७९ लाख ६१ हजार रुपैयाँ पुगेको छ। यसका आधारमा बैंकको लाभांश वितरण क्षमता २०.२४ प्रतिशत रहेको देखिएको छ।

    हाल बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ४३ करोड ३९ लाख ३१ हजार रुपैयाँ सञ्चित छ।

    व्यवसाय विस्तारतर्फ पनि बैंकले सकारात्मक प्रगति गरेको छ। गत असारसम्म निक्षेप संकलन ९.२७ प्रतिशत वृद्धि भई ९८ अर्ब ४७ करोड २० लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी १३.१७ प्रतिशत बढेर ७८ अर्ब २४ करोड ११ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले ९० अर्ब ११ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब १३ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। समीक्षा अवधिमा बैंकको निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) ८६.१४ प्रतिशत रहेको छ।

    बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि २१.९६ रुपैयाँबाट बढेर २८.०४ रुपैयाँ पुगेको छ। बैंकको मूल्य–आम्दानी अनुपात (पी/ई रेसियो) १४.४० गुणा तथा प्रतिसेयर नेटवर्थ १७७.२६ रुपैयाँ रहेको छ।

    यद्यपि, बैंकको खराब कर्जा (एनपीएल) भने ४.६९ प्रतिशतबाट बढेर ४.७६ प्रतिशत पुगेको वित्तीय विवरणमा उल्लेख छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend