२०८३, श्रावण २५ गते

images

एकैदिन तोलाको ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

एकैदिन तोलाको ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

images
बिहिवार, श्रावण २१ २०८३११:१२
बिहिवार, श्रावण २१ २०८३११:१२
  • काठमाडौँ । बिहीबार एकैदिन सुनको मूल्य तोलाकै ८ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार सुन तोलाको ८ हजार रुपैयाँले बढेर २ लाख ९६ हजार रुपैयाँ पुगेको हो । 

    बुधबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य प्रतितोला ४ हजार ५७० रुपैयाँ तोकिएको छ । यो बुधबारको तुलनामा तोलामा ९५ रुपैयाँको वृद्धि हो ।

    बुधबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend