काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार तोलामा ८ हजारले बढेको सुनको मूल्य शुक्रबार ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ।
हिजो सुनको भाउ तोलामा ८ हजार रुपैयाँ बढेर २ लाख ९६ हजार रुपैयाँ कायम भएको थियो। आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर ४ हजार ५ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

