२०८३, श्रावण २५ गते

images

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, १५% नगद लाभांश प्रस्ताव

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, १५% नगद लाभांश प्रस्ताव

images
शुक्रवार, श्रावण २२ २०८३०५:५७
शुक्रवार, श्रावण २२ २०८३०५:५७
  • काठमाडौँ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यससँगै बैंक चालु आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ।

    बैंक सञ्चालक समितिको साउन २२ गते बसेको ४१९औँ बैठकले अग्राधिकार तथा साधारण सेयरधनीका लागि लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।

    बैंकले अग्राधिकार सेयरधनीलाई अग्राधिकार सेयर बाँडफाँड भएको मितिदेखि असार मसान्त २०८३ सम्मका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै, साधारण सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरिएको छ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन्।

    गत आर्थिक वर्षका लागि बैंकले बोनस सेयर र नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो।

    बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले सञ्चालक समितिको बैठकले लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेको बताए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend