२०८३, श्रावण २५ गते

images
  • कर्पोरेट
  • साताको पहिलो कारोबार दिन नै ह्वात्तै...

साताको पहिलो कारोबार दिन नै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन नै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
आइतवार, श्रावण २४ २०८३११:०७
आइतवार, श्रावण २४ २०८३११:०७
  • काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार सुन तोलाको ४ हजार ८ सय रुपैयाँले बढेको हो । 

    महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। गत हप्ताको शुक्रबार बजारमा सुनको मूल्य २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेको हो । बढेसँगै चाँदीको मूल्य तोलाको ४ हजार ६४५ रुपैयाँमा कारोबार भएको छ। गत हप्ताको शुक्रबार चाँदी तोलाको ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend