२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, श्रावण २७ २०८३११:११
बुधवार, श्रावण २७ २०८३११:११
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर ३ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ।

    मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार मूल्य घटेसँगै सुनको भाउ ३ लाख ६ हजार ७ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ।

    त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार ३५ रुपैयाँले घटेर ४ हजार ७ सय ४५ रुपैयाँ कायम भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend