काठमाडौँ । शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको हो।
बिहीबार प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार घटेर ३ लाख १ हजार ६ सय रुपैयाँमा कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार ९० रुपैयाँले घटेर ४ हजार ६ सय ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

