काठमाडौँ । साताको पहिलो कारोबार दिन नै नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको हो ।
महासंघको तथ्यांक अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, सुनपछि आइतबार चाँदीको समेत मूल्य बढेको छ । तथ्यांक अनुसार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय १० रुपैयाँ निर्धारण गरिएको छ ।

