२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म २० प्रतिशतसम्म छुट

मंगलवार, भाद्र २ २०८३०७:२६
मंगलवार, भाद्र २ २०८३०७:२६
  • images

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न होटल, रेष्टुरेन्ट, स्वास्थ्य संस्था तथा अन्य सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ।

    बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्टलगायत विभिन्न क्षेत्रका संस्थासँग सम्झौता गरी आफ्ना डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकलाई विशेष छुट दिने व्यवस्था गरेको हो।

    सम्झौताअनुसार ग्राहकले विभिन्न सात संस्थाका सेवा तथा सामग्रीमा १० प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउनेछन्। बैंकका अनुसार चितवनको कुरिनटारस्थित मनकामना हिलक्रेष्ट होटलमा आवास तथा रेष्टुरेन्ट सेवामा १२.५ प्रतिशतसम्म छुट पाइनेछ। त्यस्तै, काठमाडौंको ठमेलस्थित एलोफ्ट काठमाडौंमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

    लाजिम्पाटस्थित एल्लो हात्तीमा उपहार सामग्री खरिदमा १० प्रतिशतसम्म तथा बुद्धनगरस्थित अल्फा केयर डायगोनोस्टिक सेन्टरमा स्वास्थ्य परीक्षण तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

    त्यसैगरी, कलंकीस्थित दृष्टी आई केयरमा नाक, कान, घाँटी तथा आँखा उपचार र प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुट पाइनेछ। दरबारमार्गस्थित ओरियन्ट क्याफेमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म र हेटौंडास्थित होटल स्मारकमा आवास तथा खाना–पेय पदार्थमा १५ प्रतिशतसम्म छुट उपलब्ध हुने बैंकले जनाएको छ।

    कहाँ कति छुट ?

    संस्था सेवा छुट
    मनकामना हिलक्रेष्ट होटल, कुरिनटार आवास तथा रेष्टुरेन्ट १२.५% सम्म
    एलोफ्ट काठमाडौं, ठमेल खाना तथा पेय पदार्थ १५% सम्म
    एल्लो हात्ती, लाजिम्पाट उपहार सामग्री १०% सम्म
    अल्फा केयर डायगोनोस्टिक सेन्टर, बुद्धनगर स्वास्थ्य परीक्षण तथा प्रयोगशाला २०% सम्म
    दृष्टी आई केयर, कलंकी नाक, कान, घाँटी, आँखा उपचार तथा प्रयोगशाला २०% सम्म
    ओरियन्ट क्याफे, दरबारमार्ग खाना तथा पेय पदार्थ १५% सम्म
    होटल स्मारक, हेटौंडा आवास तथा खाना तथा पेय पदार्थ १५% सम्म

    बैंकले यस्ता सहकार्यबाट आफ्ना डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरेको छ।

    ३२ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले ग्राहकको सुविधा र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएको जनाएको छ। बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको छ।

    बैंकका अनुसार ग्राहकलाई वित्तीय सेवासँगै दैनिक जीवनमा आवश्यक विभिन्न सेवा तथा सुविधामा सहुलियत उपलब्ध गराउने उद्देश्यले यस्ता संस्थागत साझेदारीलाई निरन्तरता दिइनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend