२०८३, भाद्र ४ गते

images

एनएमबि बैंकले सुरु गर्‍यो अनलाइन कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ सेवा

एनएमबि बैंकले सुरु गर्‍यो अनलाइन कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ सेवा

images
बिहिवार, भाद्र ४ २०८३०३:२९
बिहिवार, भाद्र ४ २०८३०३:२९
  • काठमाडौं । एनएमबि बैंकले ग्राहकलाई कर्जा लिन सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यले अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। नयाँ डिजिटल प्रणालीमार्फत ग्राहकले अब बैंकमा प्रत्यक्ष उपस्थित नभई अनलाइनबाटै कर्जाका लागि आवेदन दिनुका साथै आफ्नो आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारीसमेत हेर्न सक्नेछन्।

    बैंकका अनुसार नयाँ व्यवस्थाले कर्जा आवेदन प्रक्रियालाई थप सरल, पारदर्शी, छिटो र कागजरहित बनाउनेछ। ग्राहकले जुनसुकै स्थानबाट मोबाइल वा अन्य डिजिटल उपकरणमार्फत कर्जाका लागि आवेदन दिन सक्नेछन्।

    अनलाइनबाटै कर्जा आवेदन

    नयाँ डिजिटल पोर्टलमार्फत कर्जा आवेदन दिन ग्राहकले एनएमबि बैंकको वेबसाइटमा लगइन गरी ‘Loan Services’ अन्तर्गत रहेको ‘Explore Products’ विकल्पमा जानुपर्नेछ।

    त्यसपछि आफूलाई आवश्यक कर्जा शीर्षक छनोट गरी माग गरिएका विवरण भरेर आवेदन बुझाउन सकिने बैंकले जनाएको छ।

    आवेदन पेश गरेपछि ग्राहकले तत्कालै अनलाइन लोन ट्र्याकिङ आईडी प्राप्त गर्नेछन्। उक्त ट्र्याकिङ आईडी प्रयोग गरी ग्राहकले आफ्नो कर्जा आवेदनको अवस्था अनलाइनबाटै हेर्न सक्नेछन्।

    यसले आवेदन स्वीकृतिको प्रक्रियाबारे जानकारी लिन पटक–पटक बैंकको शाखामा पुग्नुपर्ने अवस्थाको अन्त्य गर्ने बैंकको विश्वास छ।

    कर्जा प्रक्रिया थप पारदर्शी हुने

    बैंकका अनुसार नयाँ प्रणालीले कर्जा प्रक्रियामा लाग्ने समय घटाउनुका साथै ग्राहकलाई आफ्नो आवेदनको प्रगतिबारे प्रत्यक्ष जानकारी उपलब्ध गराउनेछ।

    अनलाइन प्रणालीमार्फत कर्जा आवेदन तथा ट्र्याकिङको सुविधा उपलब्ध भएपछि कर्जा प्रक्रियामा हुने कागजी कामसमेत घट्नेछ। यसबाट ग्राहकको समय बचत हुनुका साथै बैंकिङ प्रक्रियालाई थप वातावरणमैत्री बनाउन सहयोग पुग्ने बैंकले जनाएको छ।

    एनएमबि बैंकले नेपालमा आधुनिक, डिजिटल तथा कागजरहित बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यअनुसार नयाँ सेवा सञ्चालनमा ल्याइएको जनाएको छ।

    बैंकका अनुसार कर्जा प्रक्रियालाई डिजिटल माध्यममा रूपान्तरण गर्दै ग्राहकलाई सहज, दिगो र प्रविधिमैत्री बैंकिङ अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ।

    १९७ शाखाबाट बैंकिङ सेवा

    एनएमबि बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    डिजिटल प्रविधिको प्रयोग बढाउँदै बैंकिङ सेवामा ग्राहकको पहुँच र सहजता विस्तार गर्ने रणनीतिअन्तर्गत अनलाइन कर्जा आवेदन तथा रियल–टाइम ट्र्याकिङ प्रणालीलाई महत्वपूर्ण कदमका रूपमा लिइएको बैंकले जनाएको छ।

    नयाँ सेवाले विशेषगरी डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न रुचाउने ग्राहकलाई कर्जा आवेदनदेखि आवेदनको अवस्थासम्मको जानकारी एकै ठाउँबाट, सहज र पारदर्शी रूपमा प्राप्त गर्न सक्ने सुविधा प्रदान गर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend