२०८३, भाद्र १३ गते

images
  • राजनीति
  • स्वास्थ्य बीमामा लगानी बढाउँदै सरकार, सेवा...

स्वास्थ्य बीमामा लगानी बढाउँदै सरकार, सेवा प्रभावकारितामा अध्ययन हुँदै

स्वास्थ्य बीमामा लगानी बढाउँदै सरकार, सेवा प्रभावकारितामा अध्ययन हुँदै

images
शुक्रवार, भाद्र ५ २०८३०६:५६
शुक्रवार, भाद्र ५ २०८३०६:५६
  • काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट कटौती नगरेको स्पष्ट पारेका छन् । उनले स्वास्थ्य बीमाका लागि यस वर्ष बजेट थप गरिएको दाबी गरे ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा नागरिकका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमाको बजेटसम्बन्धी भ्रम स्पष्ट पारेका हुन् ।

    उनका अनुसार गत आर्थिक वर्षमा तत्कालीन सरकारले स्वास्थ्य बीमाका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो। उक्त रकम अपुग भएपछि आफू अर्थमन्त्री भएर आएपछि थप ११ अर्ब रुपैयाँ बजेट व्यवस्था गरिएको उनले बताए ।

    त्यस्तै, चालु आर्थिक वर्षका लागि स्वास्थ्य बीमाको बजेटमा थप ५ अर्ब रुपैयाँ वृद्धि गरी १५ अर्ब रुपैयाँ विनियोजन गरिएको उनल् जानकारी दिए ।

    “गत वर्ष स्वास्थ्य बीमामा अघिल्लो सरकारले १० अर्ब बजेट छुट्याएको थियो। तर, त्यसले नपुगेर म मन्त्री भएर आएपछि ११ अर्ब थप गरेको हुँ,” अर्थमन्त्री वाग्लेले भने, “यस वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि ५ अर्ब थपेर १५ अर्ब छुट्याएको छु।”

    अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमामा सरकारको वित्तीय दायित्व निरन्तर बढिरहेको भए पनि सरकारले गरेको लगानीअनुसार नागरिकले पर्याप्त सेवा पाएका छन् कि छैनन् भन्ने विषयमा प्रश्न उठेको बताए । 

    स्वास्थ्य बीमा कार्यक्रम सरकारी अस्पतालहरूमा निरन्तर सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले यसको प्रभावकारिता बढाउने विषयमा सरकारले अध्ययन गरिरहेको जानकारी दिए ।

    उनले स्वास्थ्य बीमामा थप स्रोत परिचालन गर्नुभन्दा उपलब्ध बजेटबाट नागरिकले प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउने विषयमा अध्ययन तथा सुधारका काम अघि बढाइने उनको भनाइ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend