२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • एनआईएमबी बैंकले ल्यायो ५.७५ प्रतिशत ब्याजदरमा...

एनआईएमबी बैंकले ल्यायो ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा योजना

एनआईएमबी बैंकले ल्यायो ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा योजना

मंगलवार, भाद्र ९ २०८३०२:१२
मंगलवार, भाद्र ९ २०८३०२:१२
  • images

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा साना तथा मझौला उद्यम (एसएमई) कर्जा योजना सार्वजनिक गरेको छ।

    बैंकका अनुसार नयाँ योजनाअन्तर्गत ग्राहकले वार्षिक ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा लिन सक्नेछन्। उक्त ब्याजदर एक वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ।

    ‘मेहेनती हातलाई हाम्रो साथ’ भन्ने नाराका साथ सञ्चालनमा रहेको एनआईएमबी एसएमई कर्जामार्फत व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जाको सदुपयोगिताका आधारमा उपयुक्त कर्जा सुविधा उपलब्ध गराउने बैंकको लक्ष्य छ।

    यस योजनामार्फत व्यवसायी तथा उद्यमीले व्यवसाय विस्तार, चालु पुँजी व्यवस्थापन, नयाँ लगानी लगायत व्यवसायको आवश्यकताअनुसार कर्जा लिन सक्नेछन्।

    बैंकले देशभर रहेका २५१ शाखामार्फत एसएमई कर्जासम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको जनाएको छ।

    मेहनती उद्यमी तथा व्यवसायीसँग वित्तीय सहकार्य गर्दै उनीहरूको व्यवसायिक विकास र समृद्धिमा योगदान पुर्‍याउने बैंकले विश्वास व्यक्त गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend