२०८३, आश्विन १९ गते

images
  • अटो
  • नाडा अटो शोमा एमएडब्लू वृद्धिको एमहिरो–१...

नाडा अटो शोमा एमएडब्लू वृद्धिको एमहिरो–१ सार्वजनिक, ४.२ सेकेन्डमै १०० किमि स्पिड

नाडा अटो शोमा एमएडब्लू वृद्धिको एमहिरो–१ सार्वजनिक, ४.२ सेकेन्डमै १०० किमि स्पिड

मंगलवार, भाद्र ९ २०८३०२:३८
मंगलवार, भाद्र ९ २०८३०२:३८
  • images

    काठमाडौं । नाडा अटो शो २०२६ मा एमएडब्लू वृद्धि अटोकर्पले प्रिमियम विद्युतीय एसयूभी एमहिरो–१ सार्वजनिक गरेको छ। चिनियाँ सवारी निर्माता डोङफेङको उत्पादन एमहिरो–१ लाई कम्पनीले अफरोड क्षमतासहितको प्रिमियम इलेक्ट्रिक एसयूभीका रूपमा नेपाली बजारमा प्रस्तुत गरेको हो।

    एमहिरो–१ मा कुल ८०० किलोवाट मोटर पावर उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसको अधिकतम टर्क १ हजार ४०० न्यूटन मिटर रहेको छ।

    करिब ३.५ टन तौल रहेको यो एसयूभीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ४.२ सेकेन्डमै पूरा गर्ने कम्पनीको दाबी छ। उच्च पावर र टर्कका कारण एमहिरो–१ लाई अफरोड तथा उच्च प्रदर्शनका लागि उपयुक्त विद्युतीय एसयूभीका रूपमा प्रस्तुत गरिएको छ।

    नाडा अटो शोमा देखिने भयो एम हिरो–१, कस्तो छ विशेषता ? नाडा अटो शोमा देखिने भयो एम हिरो–१, कस्तो छ विशेषता ?

    १४२.७ किलोवाट आवरको ब्याट्री

    एमहिरो–१ मा १४२.७ किलोवाट आवर क्षमताको ब्याट्री प्याक प्रयोग गरिएको छ। कम्पनीका अनुसार उक्त ब्याट्री पूर्ण चार्ज हुँदा गाडीले ४५० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ।

    अफरोड क्षमतालाई ध्यानमा राख्दै गाडीमा एयर सस्पेन्सन उपलब्ध गराइएको छ। यसको सामान्य ग्राउन्ड क्लियरेन्स २४० मिलिमिटर रहेको छ, जुन अफरोड एसयूभीका लागि उच्च ग्राउन्ड क्लियरेन्स मानिन्छ।

    mehero.jpgगाडीको ग्राउन्ड क्लियरेन्स आवश्यकता र सडकको अवस्थाअनुसार ३३० मिलिमिटरसम्म समायोजन गर्न सकिने कम्पनीले जनाएको छ।

    उच्च मोटर पावर, ठूलो ब्याट्री क्षमता, एड्जस्टेबल ग्राउन्ड क्लियरेन्स र एयर सस्पेन्सनका कारण एमहिरो–१ ले नेपाली बजारमा प्रिमियम तथा अफरोड विद्युतीय एसयूभी सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend