२०८३, आश्विन १९ गते

images

नाडा अटो शोमा महालक्ष्मी बैंक, ५.६४ प्रतिशत आधारदरको लाभ ग्राहकलाई

नाडा अटो शोमा महालक्ष्मी बैंक, ५.६४ प्रतिशत आधारदरको लाभ ग्राहकलाई

मंगलवार, भाद्र ९ २०८३०३:१२
मंगलवार, भाद्र ९ २०८३०३:१२
  • images

    काठमाडौँ । मंगलबारदेखि सुरु भएको नाडा अटो शो मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ । 

    गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ । हाल विकास बैंकहरुमा सबै भन्दा प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको यस बैंकले आकर्षक ब्याजदरमा सवारी कर्जा प्रदान गर्नेछ । यस अवसरमा बैंकले प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गर्नेछ । भाद« महिनाको लागि हाल बैंकको आधार दर ५.६४ प्रतिशत रहेको छ जसको प्रत्यक्ष लाभ सवारी कर्जा लिने ग्राहकहरुले लिन सक्नेछन् । 

    महालक्ष्मी विकास बैंक मार्फत सवारी कर्जा लिन चाहाने ग्राहकहरुले स्टल न. N  हल न. ०४  मा गई सम्पर्क गर्न सक्नेछन् । बैंकले विद्युतीय तथा अन्य निजी तथा व्यापारीक सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुको लागि सहज, सरल र प्रतिस्पर्धी वित्तीय सेवा प्रदान गर्नेछ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंकले प्रत्येक वर्ष सहभागिता जनाउँदै आएको छ ।  

    गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाण्डौं, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend