२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • भोटेकोशी बाढी प्रभावितका लागि शाइन रेसुङ्गा...

भोटेकोशी बाढी प्रभावितका लागि शाइन रेसुङ्गा बैंकको ६५ लाख सहयोग

भोटेकोशी बाढी प्रभावितका लागि शाइन रेसुङ्गा बैंकको ६५ लाख सहयोग

सोमवार, भाद्र १५ २०८३०३:५५
सोमवार, भाद्र १५ २०८३०३:५५
  • images

    काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ६५ लाख रुपैयाँ सहयोग गरेको छ ।

    बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फबाट ५५ लाख र कर्मचारीहरूको तर्फबाट १० लाख गरी कुल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

    प्राकृतिक विपतका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहु, चितवन लगायतका जिल्लाहरूमा मानवीय तथा भौतिक क्षति र नागरिकहरूको दैनिक जीवन प्रभावित भइरहेको अवस्थामा राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कोषमा उक्त रकम सहयोग गरिएको बैंकले जनाएको छ ।

    ‘विपतको कठिन घडीमा प्रभावित नागरिकहरूको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार र सम्बन्धित निकायहरूलाई सहयोग पुर्‍याउने मानवीय कार्यमा बैंकले ऐक्यबद्धता जनाएको हो,’ बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

    बैंकले बाढीमा परी दिवंगत भएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

    साथै, बैंकले बाढीमा परी हालसम्म पनि सम्पर्कमा नआएका नागरिकहरूको सकुशल उद्धार एवं घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend