२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ...

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, भाद्र १७ २०८३११:०५
बुधवार, भाद्र १७ २०८३११:०५
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा पहिरो आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार सुन प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो । 

    तथ्यांक अनुसार बुधबार छापावाल सुनको मूल्य २ लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको छ ।

    मंगलबार ५०० रुपैयाँले घटेर ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला २ हजार ४०० रुपैयाँले घटेर ३ लाख ६ हजार ६०० रुपैयाँमा झरेको थियो । आइतबार ९ हजार ५०० रुपैयाँले घटेर सुनको मूल्य ३ लाख ९ हजार रुपैयाँ थियो ।  

    बुधबार सुनसँगै चाँदीको मूल्य पनि प्रतितोला १८५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला चार हजार ५८० रुपैयाँमा कायम भएको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend