२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहिवार, भाद्र १८ २०८३११:०७
बिहिवार, भाद्र १८ २०८३११:०७
  • images

    काठमाडौँ । नेपाली बजारमा एक सातायता निरन्तर ओरालो लागेको सुनको मूल्य बिहीबार भने ह्वात्तै बढेको छ । अघिल्लो मंगलबारदेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्य बिहीबार तोलामा ७ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    योसँगै बिहीबार छापावाल सुनको मूल्य ३ लाख ४ हजार ९०० रुपैयाँ कायम भएको छ ।

    बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदीको मूल्य १४५ रुपैयाँले बढेर ४ हजार ७२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य १८५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५८० रुपैयाँ थियो । 

    मंगलबार १५ रुपैयाँले घटेर चाँदीको मूल्य ४ हजार ७६५ रुपैयाँ थियो । आइतबारकै मूल्य  ४ हजार ७८० रुपैयाँमा सोमबार चाँदीको कारोबार भएको थियो ।  आइतबार चाँदीको मूल्य १८५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend