२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सीएनएन खबर
शुक्रवार, भाद्र १९ २०८३११:०५
सीएनएन खबर
शुक्रवार, भाद्र १९ २०८३११:०५
  • images

    काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको हो । 

    बढेसँगै महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको मुूल्य पनि शुक्रबार तोलामा ४० रुपैयाँ बढेर ४ हजार ७६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन ४ हजार ७२५ रुपैयाँ थियो । यसअघि गत शुक्रबार चाँदीको भाउ प्रतितोला ४ हजार ९६५ रुपैयाँ थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend