२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • शेयरधनीहरूलाई २० प्रतिशत लाभांश वितरण गर्ने...

शेयरधनीहरूलाई २० प्रतिशत लाभांश वितरण गर्ने गरिमा विकास बैंकको प्रस्ताव

शेयरधनीहरूलाई २० प्रतिशत लाभांश वितरण गर्ने गरिमा विकास बैंकको प्रस्ताव

सीएनएन खबर
शुक्रवार, भाद्र १९ २०८३११:११
सीएनएन खबर
शुक्रवार, भाद्र १९ २०८३११:११
  • images

    काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफामार्फत आफ्ना शेयरधनीहरूलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    (भाद्र १८ गते) बिहीबार बसेको सञ्चालक समितिको ३५१औं बैठकले हाल कायम चुक्ता पुँजी  ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसाको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी २०औं वार्षिक साधारण–सभाबाट पारित भएपश्चात् शेयरधनीहरूमा वितरण गरिने बैंकले जनाएको छ ।

    प्रस्तावित १० प्रतिशत बोनस शेयर जारी भएपश्चात् बैंकको चुक्ता पुँजी वृद्धि भई ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैयाँ ९४ पैसा पुग्नेछ । 

    काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले हाल देशभर रहेका १२६ शाखा कार्यालय र ५१ वटा एटीएममार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend