काठमाडौँ । नेपाली बजारमा केही दिनयता ओरालो लागेको सुनको मूल्य मंगलबार भने बढेको छ ।
सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य ४ हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै मंगलबार छापावाल सुनको मूल्य ३ लाख ५ हजार ४०० रुपैयाँ कायम भएको छ ।
सोमबार ३ हजार ४०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य ३ लाख १ हजार ९०० रुपैयाँ थियो भने आइतबार ३ हजार १०० रुपैयाँले घटेर ३ लाख ४ हजार ३०० रुपैयाँ थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य १०० रुपैयाँले बढेर ४ हजार ७९० रुपैयाँ पुगेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेर ४ हजार ६९० रुपैयाँमा झरेको थियो । आइतबार चाँदीको मूल्य ४० रुपैयाँले घटेर ४ हजार ७२५ रुपैयाँ थियो ।

