२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक...

कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयमा शैक्षिक तथा आवश्यक सामाग्री वितरण

कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयमा शैक्षिक तथा आवश्यक सामाग्री वितरण

बुधवार, भाद्र २४ २०८३११:१६
बुधवार, भाद्र २४ २०८३११:१६
  • images

    काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय कुलेश्वर मार्फत श्री कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई शैक्षिक तथा आवश्यक सामाग्री वितरण गरेको छ ।

    बैंकका काठमाडौ क्षेत्र प्रमुख केदार नाथ शर्माले विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो । बैंकले विद्यार्थीहरुको पठनपाठनमा सहजता पु¥याउने उद्देश्यले स्टेशनरी तथा शैक्षिक सामाग्रीहरु, स्कुल ब्याग, स्कुल ड्रेस र हाउस ड्रेस, जुत्ता तथा अन्य आवश्यक सामाग्रीहरु वितरण गरेको हो । 

    उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भानुभक्त बिष्टले बैंकले विद्यालयका विपन्न तथा गरिब विद्यार्थीहरुको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै उपलब्ध गराएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे । उनले यस प्रकारको सहयोगले विद्यार्थीहरुलाई अध्ययनमा थप हौसला प्रदान गर्नुका साथै विद्यालयको शैक्षिक वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने बताए । 

    विद्यार्थीहरुलाई उक्त शैक्षिक तथा आवश्यक सामाग्री हस्तान्तरण गर्दै बैंकका काठमाडौं क्षेत्र प्रमुख शर्माले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको र आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामाग्रीबाट बञ्चित विद्यार्र्थीरुलाई गरिएको यस सहयोगले उनीहरुको पठनपाठनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    यससँगै बैंकले आगामी दिनहरुमा समेत आवश्यकता र प्राथमिकताका आधारमा यस्ता सामाजिक उत्तरदायित्व मूलक कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend