काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । पछिल्लो केही समयदेखि सुनको मूल्य थपघट हुँदै आएको छ । बुधबार घटेको सुनको मूल्य बिहीबार भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य ३ हजार ४०० रुपैयाँले बढेको हो। योसँगै बिहीबार छापावाल सुनको मूल्य ३ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ ।
बुधबार ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ३ हजार ५०० रुपैयाँले बढेर ३ लाख ५ हजार ४०० रुपैयाँ थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य १०५ रुपैयाँ बढेर ४ हजार ८५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य ४० रुपैयाँले घटेर ४ हजार ७५० रुपैयाँ कायम थियो । मंगलबार चाँदीको मूल्य १०० रुपैयाँले बढेर ४ हजार ७९० रुपैयाँ थियो ।

