काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको २०८३ भदौ २६ गते अपराह्न ३ः३० बजे बसेको सञ्चालक समितिको ५६४औँ बैठकले ३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गराई शेयरधनीलाई वितरण गरिनेछ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले देशका सातै प्रदेशमा १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा तथा १९३ एटीएममार्फत सेवा दिँदै आएको जनाएको छ।
बैंकका अनुसार हाल १८ लाखभन्दा बढी ग्राहकले माछापुच्छ्रे बैंकका विभिन्न बैंकिङ सेवाहरू उपयोग गरिरहेका छन्।

