२०८३, आश्विन १९ गते

images

बैंकमा पैसा राख्दा पाइने ब्याज घट्यो, मुद्दती निक्षेपको औसत दर ४.०८९५ प्रतिशत

बैंकमा पैसा राख्दा पाइने ब्याज घट्यो, मुद्दती निक्षेपको औसत दर ४.०८९५ प्रतिशत

बुधवार, भाद्र ३१ २०८३११:४९
बुधवार, भाद्र ३१ २०८३११:४९
  • images

    काठमाडौँ । पछिल्लो समय निरन्तर ओरालो लागेको वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर असोज महिनाका लागि थप घटेको छ । भदौ महिनामा ४.१३६ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर असोजमा घटेर ४.०८९५ प्रतिशतमा झरेको हो ।

    असोज महिनामा बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर भदौको तुलनामा ०.०४६५ प्रतिशत बिन्दुले घटेको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेकाले निक्षेप संकलनका लागि बैंकहरूबीचको प्रतिस्पर्धा घट्दै जाँदा पछिल्लो समय निक्षेपको ब्याजदर निरन्तर घटिरहेको छ ।

    असोज महिनाका लागि चारवटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक र एभरेष्ट बैंकले अघिल्लो महिनाको तुलनामा ब्याजदर घटाएका हुन् । बाँकी वाणिज्य बैंकहरूको ब्याजदर भने भदौ महिनाकै दरमा यथावत् रहेको छ ।

    असोज महिनाका लागि सबैभन्दा बढी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर दिने बैंक प्रभु बैंक रहेको छ । प्रभु बैंकले आफ्ना ग्राहकलाई ४.५५ प्रतिशत ब्याजदर दिने भएको छ ।

    त्यसैगरी, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक र सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.५० प्रतिशत ब्याजदर दिने भएका छन् ।

    यस्तै, नबिल बैंकले ४.२५ प्रतिशत तथा कृषि विकास बैंक र नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर दिने भएका छन् ।

    बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जाँदा निक्षेपको ब्याजदर घट्ने क्रम जारी रहेको छ । ब्याजदरमा आएको गिरावटले बैंकबाट कर्जा लिने ग्राहकका लागि पनि आगामी दिनमा कर्जाको ब्याजदरमा थप कमी आउने सम्भावना देखिन्छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend