२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • प्रशिक्षकको जागिर लगाइदिने भन्दै ४५ हजार...

प्रशिक्षकको जागिर लगाइदिने भन्दै ४५ हजार घुस, गाउँपालिका उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

प्रशिक्षकको जागिर लगाइदिने भन्दै ४५ हजार घुस, गाउँपालिका उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

बुधवार, भाद्र ३१ २०८३०२:२७
बुधवार, भाद्र ३१ २०८३०२:२७
  • images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित ९० कार्यदिनको ढाका सिलाइ–बुनाइ तालिममा प्रशिक्षकको रूपमा काम दिलाइदिने भन्दै उपाध्यक्ष अन्जुले ४५ हजार रुपैयाँ घुस मागेकी थिइन् ।

    अनुसन्धानका क्रममा उक्त रकम उपाध्यक्ष अन्जुको निर्देशनमा उनका छोरा सुनिलको बैंक खाताको क्यूआर कोडमार्फत जम्मा गर्न लगाइएको खुलेको अख्तियारले जनाएको छ ।

    अख्तियारले उपाध्यक्ष अन्जुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) को देहाय (क) बमोजिम कारबाहीको मागदाबी गर्दै ४५ हजार रुपैयाँ बिगो कायम गरेको छ ।

    त्यस्तै, आमासँगको मिलेमतोमा घुस रकम लिई प्रयोग गरेको आरोपमा सुनिलविरुद्ध पनि ४५ हजार रुपैयाँ बिगो कायम गरिएको छ । उनीविरुद्ध सोही ऐनको दफा ३(२) बमोजिम सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend