२०८३, आश्विन १९ गते

images

एनपीएल लक्षित सिद्धार्थ बैंकको अफर, २० ग्राहकले पाउनेछन् विशेष गिफ्ट ह्याम्पर

एनपीएल लक्षित सिद्धार्थ बैंकको अफर, २० ग्राहकले पाउनेछन् विशेष गिफ्ट ह्याम्पर

बिहिवार, आश्विन १ २०८३११:३०
बिहिवार, आश्विन १ २०८३११:३०
  • images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टाइटल स्पोन्सर रहेको सिद्धार्थ बैंकले नयाँ तथा विद्यमान ग्राहकलाई लक्षित गर्दै विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ।

    बैंकले ‘सिद्धार्थ एसबीएल एनपीएल क्रेडिट कार्ड’ र ‘सिद्धार्थ एसबीएल एनपीएल बचत खाता’ सार्वजनिक गर्दै ग्राहकलाई विशेष सुविधा तथा पुरस्कारको अवसर प्रदान गर्ने जनाएको छ।

    बैंकका अनुसार असोज १ देखि मंसिर २९ गतेसम्म आवेदन दिने ग्राहकले निश्चित सर्त पूरा गरेमा लाइफटाइम निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन्। कार्ड जारी गर्दाको पहिलो वर्षको वार्षिक शुल्क पूर्णरूपमा छुट हुनेछ।

    त्यसपछिका वर्षमा भने अघिल्लो वर्षमा कम्तीमा तीनवटा क्रेडिट कार्ड कारोबार गरेको अवस्थामा वार्षिक शुल्क फिर्ता (रिइम्बर्समेन्ट) गरिने बैंकले जनाएको छ। प्रत्येक वर्ष वार्षिक शुल्क फिर्ताका लागि ग्राहकको योग्यता मूल्यांकन गरिनेछ भने तोकिएको न्यूनतम कारोबार पूरा नगरेमा उक्त सुविधा लागू नहुने बैंकले स्पष्ट पारेको छ।

    बचत खातामा पनि विशेष सुविधा

    बैंकले ‘सिद्धार्थ एसबीएल एनपीएल बचत खाता’ खोल्ने ग्राहकका लागि विशेष एनपीएल-थिममा डिजाइन गरिएको डेबिट कार्ड उपलब्ध गराउने जनाएको छ। नयाँ खाता खोल्ने ग्राहकले सुरुवाती सुविधाका रूपमा ५०० सिद्धार्थ रिवार्ड प्वाइन्ट समेत प्राप्त गर्नेछन्।

    साथै, सिद्धार्थ एनपीएल डेबिट कार्ड र सिद्धार्थ BankSmart XP दुवैको सदस्यता लिने ग्राहकले प्रारम्भिक सदस्यता लिँदा एकमुष्ट ५०० रुपैयाँ वार्षिक शुल्क तिरेर बन्डल प्याकेजअन्तर्गत सेवा लिन सक्नेछन्।

    २० जनाले पाउनेछन् एनपीएल गिफ्ट ह्याम्पर

    बैंकले असोज १ देखि कात्तिक ३० गतेसम्म सञ्चालन गर्ने अभियान अवधिमा ग्राहकका लागि विभिन्न पुरस्कारसमेत घोषणा गरेको छ।

    अभियान अवधिमा सबैभन्दा धेरै रिवार्ड प्वाइन्ट प्राप्त गर्ने २० जना सिद्धार्थ एसबीएल एनपीएल बचत खातावालाले विशेष ‘SBLNPL Gift Hamper’ प्राप्त गर्नेछन्।

    त्यस्तै, अभियान अवधिमा सबैभन्दा धेरै रिवार्ड प्वाइन्ट कमाउने एक जना ग्राहकलाई SBLNPL भिडियोमा फिचर हुने अवसर प्रदान गरिने बैंकले जनाएको छ।

    यसैगरी, अभियान अवधिमा सबैभन्दा धेरै रिवार्ड प्वाइन्ट रिडेम्प्सन कारोबार पूरा गर्ने पाँच जना ग्राहकले दुई–दुई वटा SBLNPL को टिकट जित्नेछन्।

    अभियान अवधिमा सबैभन्दा उच्च ‘रिवार्ड च्याम्पियन स्कोर’ हासिल गर्ने एक जना ग्राहकले सेमिफाइनल खेलमा ‘प्लेयर अफ द म्याच’ पुरस्कार प्रस्तुत गर्ने अवसर समेत पाउनेछन्। बैंकका अनुसार रिवार्ड च्याम्पियन स्कोरले अभियान अवधिमा आर्जन गरिएको कुल रिवार्ड प्वाइन्ट र रिडिम गरिएको कुल रिवार्ड प्वाइन्टको योगफललाई जनाउनेछ।

    बैंकले योजनाबारे थप जानकारीका लागि २४ सै घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र वा ‘सिद्धार्थ केयर’मार्फत सम्पर्क गर्न सकिने जनाएको छ। ग्राहकले ०१–५९७००२० मा फोन वा customercare@sbl.com.np मा इमेलमार्फत जानकारी लिन सक्नेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend