काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६ मा सहभागिता जनाएको छ।
नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा असोज १ देखि ४ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा बैंकले घर तथा जग्गा खरिद र घर निर्माणका लागि आवश्यक कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय गर्ने जनाएको छ।
बैंकले ग्राहकको आवश्यकताअनुसार सरल, सहज र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले प्रदर्शनीमा सहभागिता जनाएको जनाएको छ।
हाल विकास बैंकहरूमध्ये प्रतिस्पर्धी ब्याजदरमा घर तथा जग्गा खरिद एवं घर निर्माण कर्जा प्रवाह गर्दै आएको बैंकले प्रदर्शनीको अवसरमा आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ। साथै, प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गरिने बैंकले जनाएको छ।
बैंकका अनुसार भदौ महिनाका लागि कर्जाको आधार दर ५.६४ प्रतिशत कायम रहेको छ। यसबाट घर तथा जग्गा खरिद एवं घर निर्माणका लागि कर्जा लिन चाहने ग्राहकले प्रत्यक्ष लाभ लिन सक्ने बैंकले जनाएको छ।
महालक्ष्मी विकास बैंकमार्फत कर्जा लिन इच्छुक ग्राहकले प्रदर्शनीको स्टल नम्बर A21 मा सम्पर्क गर्न सक्नेछन्। प्रदर्शनीमा बैंकका प्रतिनिधिहरूले ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै कर्जा प्रक्रिया तथा विभिन्न बैंकिङ सुविधाबारे आवश्यक जानकारी र परामर्श दिनेछन्।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा क्याफे लाउन्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको जनाएको छ।

