२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • साझा यातायातको डिजिटल टिकटिङमा एनआईएमबी, यात्रुलाई...

साझा यातायातको डिजिटल टिकटिङमा एनआईएमबी, यात्रुलाई नगदरहित भुक्तानी सुविधा

साझा यातायातको डिजिटल टिकटिङमा एनआईएमबी, यात्रुलाई नगदरहित भुक्तानी सुविधा

शनिवार, आश्विन ३ २०८३०८:३९
शनिवार, आश्विन ३ २०८३०८:३९
  • images

    काठमाडौं । सार्वजनिक यातायातलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको प्रणालीका रूपमा विकास गर्ने उद्देश्यसहित साझा यातायातले डिजिटल टिकटिङ प्रणालीलाई थप व्यवस्थित बनाउने भएको छ।

    यस अभियानअन्तर्गत नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा ‘पेमेन्ट पार्टनर बैंक’ का रूपमा सहकार्यमा जोडिएको छ।

    सहकार्यअन्तर्गत यात्रुहरूले डिजिटल माध्यमबाट सहज, सुरक्षित र पारदर्शी रूपमा भाडा भुक्तानी गर्न सक्ने व्यवस्था विकास गरिनेछ। ट्रान्जिट टिकटिङ प्रणालीअन्तर्गत अब साझा बसका यात्रुको टिकट जारी गर्न बैंकका पीओएस मेसिन प्रयोग गरिने जनाइएको छ।

    पीओएस मेसिनमार्फत कार्ड तथा डिजिटल माध्यमबाट सहज, सुरक्षित र सुविधाजनक रूपमा भुक्तानी गर्न सकिनेछ। यसले सार्वजनिक यातायातमा नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

    साझा यातायातले डिजिटल रूपान्तरणअन्तर्गत आधुनिक कमान्ड तथा कन्ट्रोल सेन्टरसहित विभिन्न प्रविधिमैत्री सेवा सञ्चालनमा ल्याएको जनाएको छ। डिजिटल टिकटिङ प्रणालीमार्फत नगदरहित यात्रालाई प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ।

    एनआईएमबीका लागि सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्दै सुरक्षित र सहज डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने यो सहकार्य महत्वपूर्ण पहलका रूपमा लिइएको छ। बैंकले आफ्नो डिजिटल भुक्तानीसम्बन्धी पूर्वाधार तथा सेवामार्फत साझा यातायातका यात्रुलाई थप सहज भुक्तानी अनुभव प्रदान गर्न सहकार्य गर्ने जनाएको छ।

    यस सहकार्यबाट सार्वजनिक यातायातमा डिजिटल भुक्तानीको प्रयोग विस्तार, नगदरहित कारोबारको प्रवद्र्धन, भुक्तानी प्रक्रियामा पारदर्शिता तथा यात्रु सेवाको आधुनिकीकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend