काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज सुन तोलमा २ हजार १ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज प्रतितोला तीन लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ६१ हजार ६६० रुपैयाँ तोकिएको हो ।
यता, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला चार हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

