२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • कामना सेवा विकास बैंकले कुमारीपाटी–जावलाखेलमा राख्यो...

कामना सेवा विकास बैंकले कुमारीपाटी–जावलाखेलमा राख्यो ५ वटा यात्रु प्रतिक्षा बेन्च

कामना सेवा विकास बैंकले कुमारीपाटी–जावलाखेलमा राख्यो ५ वटा यात्रु प्रतिक्षा बेन्च

मंगलवार, आश्विन ६ २०८३१०:३४
मंगलवार, आश्विन ६ २०८३१०:३४
  • images

    काठमाडौँ । कामना सेवा विकास बैंकले कुमारीपाटी जावलाखेल व्यापार संघको सहकार्यमा कुमारीपाटी–जावलाखेल क्षेत्रमा ५ थान प्रतीक्षा–बेन्च स्थापना गरेको छ । बैंकले सर्वसाधारण तथा यात्रुहरूको सहजता र सुविधालाई मध्यनजर गर्दै निर्माण गरेको उक्त प्रतीक्षा–बेन्च स्थापना गरिएको हो ।

    बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रतीक्षा–बेन्च स्थापना गरिएको हो । सर्वसाधारण तथा यात्रुहरूको दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको उक्त प्रतीक्षा–बेन्च बाट बाटो हिँड्ने यात्रु तथा सर्वसाधारणलाई केही समय विश्राम गर्न सहज हुने अपेक्षा गरिएको छ । 

    कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष शाक्यले सर्वसाधारणको उपयोगमा आउने प्रतीक्षा–बेन्च स्थापना गरेकोमा कामना सेवा विकास बैंकप्रति धन्यवाद व्यक्त गरे । उनले  प्रतीक्षा–बेन्चबाट यात्रु तथा स्थानीय सर्वसाधारणलाई प्रत्यक्ष रूपमा सुविधा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै बैंकका काठमाडौं प्रदेश प्रमुख शर्माले बैंकले आफ्ना सेवाग्राहीसँगै सर्वसाधारणको सुविधा र सहजतालाई समेत प्राथमिकतामा राख्दै विभिन्न सेवामूलक तथा सामाजिक गतिविधिमा निरन्तर सहभागिता जनाउँदै आएको बताए । उनले स्थानीय समुदायको आवश्यकता र सुविधालाई ध्यानमा राखेर यस्ता कार्यहरूलाई निरन्तरता दिइने समेत बताए ।

    उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु तथा कुमारीपाटी जावलाखेल व्यापार संघका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।  बैंकले ग्राहक सेवा विस्तारसँगै स्थानीय समुदाय तथा सर्वसाधारणको सुविधा र आवश्यकतालाई ध्यानमा राखी विभिन्न गतिविधिमा समेत सहभागिता जनाउँदै आएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend