काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबार ३ हजार २०० रुपैयाँले ओरालो लागेको सुनको मूल्य शुक्रबार १ हजार ५०० रुपैयाँले घटेको छ ।
योसँगै शुक्रबार छापावाल सुनको मूल्य २ लाख ९८ हजार ६०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य २ लाख ९९ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य ३० रुपैयाँ घटेर ४ हजार ६२० रुपैयाँ झरेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य १६५ रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँ थियो ।

